शुक्रबार, चैत १६, २०८०

ट्राफिक प्रहरीको कारबाहीमा परे कलेजका ५१ विद्यार्थी

मेरोन्यूज २०७९ भदौ १ गते १८:०१

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियानअन्तर्गत बुधबार ५१ जना कलेजका विद्यार्थीहरुलाई कारवाही गरेको छ ।

प्रहरीले सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसूरमा २१ जना गरी ५१ जना कलेजका विलार्थीहरुलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रवक्ता भट्टका अनुसार बुधबार बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालक तथा मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।

प्रतिक्रिया