शुक्रबार, वैशाख १४, २०८१

माओवादीसँग पार्टी एकता गर्दै एकीकृत समाजवादी !

एकताका लागि समिति बनाउन एकीकृत समाजवादी तयार

मेरोन्यूज २०७९ भदौ १ गते १७:४७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चुनावपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गृहकार्य सुरु गरेको छ ।

चुनावपछि पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार भएको छ । बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको हो ।

नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए । त्यस्तै बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ ।

नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो । भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया