शुक्रबार, वैशाख १४, २०८१

दार्चुलामा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ४ जना घाइते

मेरोन्यूज २०७९ भदौ १ गते १७:३८

काठमाडौं । दार्चुलामा जीप दुर्घटना भएको छ । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया