बिहीबार, वैशाख १३, २०८१

जसपा छोडेका राई एमाले प्रवेश गर्दै

मेरोन्यूज २०७९ भदौ १ गते १०:३८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) छोडेर निश्क्रिय बसिरहेका नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।

राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।

नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरेर आशोक राईसागै रहेका थिए ।

उनी सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार पनि थिए । तर उनले निर्वाचन जित्न सकेनन । उनी अहिले जसपामा आएको पछिल्लो विभाजनपछि पूनः एमालेमा नै फर्किन तयार भएका हुन् ।

प्रतिक्रिया