शुक्रबार, वैशाख ७, २०८१

जिल बाइडेलाई पनि कोभिड पोजेटिभ

मेरोन्यूज २०७९ भदौ १ गते ९:०८

वासिंङ्टन । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई पनि कोभिड पोजेटिभ भएको छ । उनलाई कोभिडको हल्का लक्षणहरू देखा परेको छ, ह्वाइट हाउसले जनाएको छ । यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि कोभिड भएको थियो । राष्ट्रपतिकी ७१ वर्षीया पत्नीले सोमबार नकारात्मक परीक्षण गरिन तर ‘साँझ अबेरसम्म चिसो जस्तो लक्षणहरू देखा प¥यो’ उनका सञ्चार निर्देशक एलिजाबेथ अलेक्ज्याण्डरले एक विज्ञप्तिमा भने ।

एन्टिजेन परीक्षणमा नकारात्मक देखिए पनि विस्तृत पीसीआर परीक्षण सकारात्मक देखिएको अलेक्ज्याण्डरले बताए । प्रथम महिला पाँच दिन आइसोलेसनमा बस्नेछिन् । उनी दुई पटक खोप लगाएके र दुई ओटा बुस्टर डोज लगाएको र हल्का लक्षणहरू देखिएको अलेक्ज्याण्डरले बताए ।

जिल बिडेन दक्षिण क्यारोलिनामा एक निजी निवासमा बसिरहेकी छिन् । लगातार दुई नकारात्मक परीक्षण पछि व्हाइट हाउस फर्कने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया