शुक्रबार, वैशाख ७, २०८१

विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

मेरोन्यूज २०७९ साउन ३१ गते २१:१२

काठमाडौँ । मंगलबार साउदीको राजधानी रियादको थुमामाह विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।

विमानस्थलबाट उडान भरेको केही समयपछि हलुका विमान दुर्घटनाग्रस्त भएको एभिएसन इन्भेस्टिगेशन ब्युरोले ट्वीट गरेको छ । साउदी विमानमा तालिमरत एक जना चालक मात्र सवार थिए ।

विमानको भग्नावशेष विमानस्थलबाट ५ किलोमिटर टाढा फेला परेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया