बिहीबार, चैत १५, २०८०

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !

मेरोन्यूज २०७९ साउन ३१ गते १०:५५

मुम्बई । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ ।

मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हुन अस्वीकार गरेकी थिइन् । किनकी उनी त्यो समयमा आफ्नो करियरको सुनौलो यात्रामा थिइन् । तर, यो फिल्ममा उनले आमाको भूमिका निभाउनु पर्ने प्रस्ताव आएपछि उनले त्यसलाई ठाडै अस्वीकार गरेकी थिइ्न ।

‘जब मलाई बम्बेको अफर आयो, तब मानिसहरुले मलाई यो फिल्म नगर्न दबाब दिए । किनकी २० वर्षको उमेरमा मैले आमाको भूमिका निभाउँदै थिएँ । उनीहरुले यो फिल्ममा आमाको भूमिका निभाए आगामी १० वर्षभित्र हजुरआमाको भूमिका पाउने भन्दै डर सिर्जना गरिदिए’, उनले भनेकी छन् ।

त्यसपछि मनिषाले अन्य बौद्धिक वर्गको कुरा सुनिन् । जसले मणिरत्नमको फिल्म अस्वीकार गर्नु भनेको जिन्दगीभर पछुताउनु हो भन्ने सुझाव दिए ।

‘बम्बे’मा मनिषाको अपोजिटमा अरविन्द स्वामी प्रमुख भूमिकामा थिए । दुवैको अभिनयलाई दर्शकले निकै मनपराएका थिए । मनीषा पछिल्लो पटक सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’मा देखिएका थिए । फिल्ममा उनले रणवीर कपूरको आमाको भूमिका निभाएकी थिइन् ।

Advertisement

प्रतिक्रिया