बिहीबार, वैशाख १३, २०८१

अर्मेनियामा ठूलो विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

मेरोन्यूज २०७९ साउन ३० गते २१:४६

काठमाडौँ । आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ । घटनामा १७ जना बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २८ जना अस्पतालमा भर्ना छन् । विस्फोटपछि तीन तले भवन ध्वस्त भएको थियो । अहिले ३५० अग्नी नियन्त्रक र उद्धारकर्ताहरू उद्धारमा जुटिरहेका छन् ।

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका छन् । घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया