शुक्रबार, वैशाख १४, २०८१

लागु औषध मुद्दाका फरार महिला पक्राउ

मेरोन्यूज २०७९ साउन ३० गते २१:३२

काठमाडौँ । लागु औषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छन् । उनलाई लागु औषध गाँजा मुद्दामा भक्तपुर जिल्ला अदालतले गत वैशाख ४ गते एक वर्ष एक महिना कैद र छ हजार जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै श्रेष्ठ फरार भएकी थिइन् ।

पक्राउलगत्तै प्रहरीले श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया