बिहीबार, वैशाख १३, २०८१

पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

मेरोन्यूज २०७९ साउन ३० गते २१:११

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका ६ जिमा बस्ने चन्द्र लावडका छोरा वर्ष ३३ का फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो ।

बहुविवाह गरी फरार रहेका विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मुगुबाट लावड २०७४ पुस ५ गते ११ महिना १८ दिन कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार उनी कैद भुक्तान नगरिकन फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुभाष हमालले बताए ।

यस्तै, ज्यानसम्बन्धी कसुर सवारी ज्यान मुद्दामा फरार रहेका छायानाथ रारा नगरपालिका ६ बालैका पूर्णबहादुर भामका छोरा वर्ष ३१ का गणेश भामलाई पक्राउ गरिएको बताइएको छ । उनलाई २०७७ फागुन १८ गते फरार भई करिब २ वर्षपछि प्रतिवादी पक्राउ गरिएको डीएसपी हमालले बताए ।

भामलाई दुई महिना ६ दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । यी दुवै फरार अभियुक्तलाई रितपूर्वक जिल्ला अदालत मुगुले जुम्ला जिल्ला कारागार चलान गरेको डीएसपी हमालको भनाइ छ ।

प्रतिक्रिया