शनिबार, वैशाख १५, २०८१

शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउनेलाई कारबाही, दुई वर्ष परीक्षामा रोक

मेरोन्यूज २०७९ साउन ३० गते २०:५९

धनगढी । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ ।

यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मा.वि. बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो । मर्यादाविपरीत प्रश्नपत्र र उत्तर पुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ ।

बमलाई शिक्षक नियमावली २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त रद्द गरिने गरी कारबाही गरिएको र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो २ वर्षसम्म आयोगको कुनै परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्रतिक्रिया