मंगलबार, वैशाख ११, २०८१

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमावापत ग्राहकका परिवारलाई रकम भुक्तानी

मेरोन्यूज २०७९ साउन ३० गते १८:३२

काठमाडौँ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभअन्र्तगत मृतक खातावालका परिवारलाई बीमावापत प्रतिव्यक्ति १० लाखको दरले कूल ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गरेका यस बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बेस्डर बचत खाता खोलेका शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेस्डर’ श्रेणीको खाता खोलेका ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेका छन् ।

निज खातावालहरूको हिताधिकारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदूरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक–फरक कार्यक्रमबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार ४६७ जनाभन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमावापत दुई करोड ४० लाख, दुर्घटना बीमावापत ७० लाख रुपैयाँ र मेडिकल बीमावापत तीन करोड ३ लाख गरी कूल ६ करोड १३ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रतिक्रिया