बिहीबार, वैशाख १३, २०८१

भुवन केसीको नियुक्तिमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार (आदेशसहित)

मेरोन्यूज २०७९ साउन ३० गते १८:१५

काठमाडौँ । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नियम संशोधन गरेर अध्यक्ष भएकाले नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेसँगै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश प्रकाशकमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने सन्दर्भमा दुवै पक्षलाई राखेर छलफल गर्नु पर्ने बैठकमा बोलाएको छ । केसीको नियुक्ति अवैध रहेको भन्दै नरेश कुमार पौडेलले रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया