शनिबार, वैशाख ८, २०८१

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर रिसोर्टमा छुट

मेरोन्यूज २०७९ साउन ३० गते १७:४९

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापश्चात् ग्राहकले रिसोर्टमा उपलब्ध हुने सेवामा एकमुष्ठ १० प्रतिशत छुट पाउने भएका हुन् । उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ । रिर्सोटले बाँकेको नेपालगञ्जबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिँदै आएको छ ।

हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया