शुक्रबार, चैत १६, २०८०

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विर्सजन

मेरोन्यूज २०७९ साउन ३० गते १६:५२

काठमाडौँ । सत्तारुढ कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ वडा समितिको अगुवाइमा काठमाडौंको फोहोर धादिङको बन्चरेडाँडामा विर्सजन गर्न नदिने गरी आन्दोलन गरेपछि प्रहरी परिचालन गरेर फोहोर विर्सजन गरिएको छ ।

काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको छ ।

काठमाडौंबाट फोहोर बोकेर पुगेका टिपरलाई ढाडेमा अवरोध गरिएपछि प्रहरी परिचालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा गरिएको अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली समेत हानेका थिए । स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीयबासिन्दाबीच ठाउँ ठाउँमा झडप समेत भएको छ । विज्ञेप्ती निकालेरै अवरोध गर्नेहरुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको आरोप स्थानीयले लगाएका छन् ।

प्रहरीले भने फोहोर विर्सजनका लागि सहज वातावरण बनाउन पनि प्रहरी परिचालन गरिएको स्वीकारेको छ ।

Advertisement

प्रतिक्रिया