शनिबार, वैशाख ८, २०८१

थप ८८८ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७९ साउन ३० गते १६:१७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल पाँच हजार ७३७ जनामा परीक्षण हुँदा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ रहेको छ ।

प्रतिक्रिया