शनिबार, वैशाख १५, २०८१

ललितपुरको हेरिटेज गार्डेनमा प्रधानमन्त्रीको रात्रिभोज

मेरोन्यूज २०७९ साउन ३० गते १५:४२

काठमाडौं । स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री शेरवहादुर देउवाले रात्रीभोज दिन लागेका छन् । सोमबार देखि दुई दिने अभिमुखीकरण तालिमका लागि काठमाडौं आएका जनप्रतिनिधीलाई कांग्रेस सभापति समेत रहेका देउवाले ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । रात्रिभोज आजै बेलुकी हुनेछ ।

हेरिटेजमै काँग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ । आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रिभोज दिने कार्यक्रम रहेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ।

प्रतिक्रिया