बिहीबार, वैशाख १३, २०८१

ला लिगा: रियल मड्रिडको विजयी सुरुवात

मेरोन्यूज २०७९ साउन ३० गते ७:१७

काठमाडौं । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२-२३ सिजनमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्द पुनरागमन सहित २-१ को जित निकाल्यो । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक(एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया