बिहीबार, वैशाख १३, २०८१

सडक दुर्घटनामा इण्डोनेसियामा पाँच जनाको मृत्यु, चार घाइते

मेरोन्यूज २०७९ साउन २९ गते २१:५९

काठमाडौँ । पश्चिमी जाभाको सुकाबुमी रिजेन्सीबाट आइतबार सियानजुर जाने क्रममा गहुँ बोकेको ट्रकको ब्रेक फेल हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

उक्त ट्रकले पहिले सडक छेउमा पार्क गरिएका दुई वटा कारलाई र त्यसपछि विपरीत दिशाबाट आएका अन्य तीनवटा मोटरसाइकल र केही पैदल यात्रुलाई समेत ठक्कर दिँदै घरको बारमा ठोक्किएर पल्टिँदा उक्त दुर्घटना भएको सियानजुरका प्रहरी प्रमुख डोनी हर्मावानले उल्लेख गरेका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदल यात्री रहेको हर्मावानले बताएका छन् । मृतक र घाइते सबैलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । दुर्घटनाले दुवैतर्फ ट्राफिक जाम भएकाले घाइतेलाई बाहिर निकाल्न स्वास्थ्यकर्मीलाई कठिनाइ भएको थियो ।

प्रतिक्रिया