बिहीबार, वैशाख ६, २०८१

चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन २९ गते १८:५९

काठमाडौँ । इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘अबु सिफिन चर्च दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै गणना भइरहेको छ एकिन विवरण आउन बाँकी छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । अहिले ३७ वटा एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ ।

आन्तरिक मन्त्रालयका अनुसार चर्च भवनको दोस्रो तल्लामा रहेको एयर कन्डिसनरबाट विद्युत् सर्ट भएर आगलागी भएको हो ।

प्रतिक्रिया