शनिबार, वैशाख ८, २०८१

नाबालिक छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

मेरोन्यूज २०७९ साउन २९ गते १८:२९

काठमाडौँ । सुर्खेत प्रहरीले १२ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ । छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिका निवासी पुरुषलाई पक्राउ गरेको हो ।

गत २६ गते घटना भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीलाई बालिकालाई बलात्कार गरेको जानकारी दिएपछि पीडकलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्ने पुरुषको परिचय गोप्य राखिएको छ ।

पीडित बालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया