बिहीबार, वैशाख १३, २०८१

नेप्सेमा दोहोरो अंकले गिरावट

मेरोन्यूज २०७९ साउन २९ गते १६:४१

काठमाडौँ । साताको पहिलो दिन नेप्से परिसूचक २८ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २७.९२ अंकले घट्दै दुई हजार १०.०१ अंकमा पुगेको छ ।

आज कारोबार रकमसमेत एक अर्ब ८७ करोडमा खुम्चिएको छ । आज सबै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ ।

यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २.७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया