शुक्रबार, वैशाख ७, २०८१

विधेयक पारित गर्न सांसद नपुगेपछि बैठक स्थगित

मेरोन्यूज २०७९ साउन २९ गते १६:२४

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गण पूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गण पूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गण पूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए ।

गणना हुँदा गण पूरक सङ्ख्या ६९ हुनु पर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक सङ्ख्या अपुग भएको हो ।

प्रतिक्रिया