शनिबार, वैशाख १५, २०८१

बहिनीको प्रेमीलाई हत्या गरी भारत फरार दाजुभाइ पक्राउ

मेरोन्यूज २०७९ साउन २९ गते १४:३६

वीरगञ्ज । बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका ५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रल्हाद कार्की रहेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरूले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।

उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखेर ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा र्पुयाएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।

त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझेर ल्याएको प्रहरीले जनाएको छ ।

२४ गते ट्युसन पढ्न हिँडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेका प्रहरीको दाबी छ ।

प्रतिक्रिया