शुक्रबार, वैशाख १४, २०८१

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा

मेरोन्यूज २०७९ साउन २९ गते १४:३०

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक बस्न नसकेको पार्टीमा नयाँ अध्यक्ष र संयोजकको सहमति जुटेको हो ।

त्यसअनुसार आइतबार ३ बजे पार्टीको बैठक बोलाइएको विवेकशील साझा पाटीले जनाएको छ । संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको छ ।

बाग्मती प्रदेशको संयोजक बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया