शुक्रबार, वैशाख १४, २०८१

रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने

मेरोन्यूज २०७९ साउन २९ गते ८:४५

काठमाडौं । काठमाडौंको रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणका सहायक इन्जिनियर लिलाभक्त चालिसेले जानकारी दिए
काम छिटो सकियो भने ३ बजेभन्दा अगाडि नै र प्राविधिक कारणले काममा ढिलो भयो भने ३ बजेभन्दा पछिमात्र पनि विद्युत आपूर्ति सुरु हुन सक्ने उनले बताए ।

प्रतिक्रिया