शुक्रबार, चैत १६, २०८०

मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

मेरोन्यूज २०७९ साउन २९ गते ६:४५

काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् ।

क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो । गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन् ।

दक्षिण कोरियामा हुर्किएका मनीष नागरिकता बनाउन आएका बेला खालीबारी क्लबबाट खेल्दै नेपाली फुटबलमा डेब्यू गरेका थिए ।

सहिद स्मारक ए डिभिजन लिग नै नखेली राष्ट्रिय टिममा पुगेका मनीष गत अक्टोबरमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा महत्त्वपूर्ण सदस्य थिए ।

Advertisement

प्रतिक्रिया