शुक्रबार, वैशाख १४, २०८१

डुबेर एक जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन २८ गते २१:१३

दाङ । जिल्लामा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगर २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल रहेका छन् ।

शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकी नेतृत्वको १९ जनाको टोली खटिएको थियो ।

खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया