मंगलबार, चैत ६, २०८०

अफगानिस्तानमा भारी वर्षाका कारण २१ जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन २८ गते २१:०२

काठमाडौँ । अफगानिस्तानको वर्षा र बाढीले कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीले कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ ।

भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । प्राकृतिक प्रकोपले सयौं आवासीय घर पनि नष्ट गरेको छ । र, छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दसौँ बगैंचाहरू प्रभावित भएका छन् ।

करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा आएको व्यापक वर्षापछि आएको विशाल बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । कैयौँ घाइते भएका थिए ।

Advertisement

प्रतिक्रिया