शुक्रबार, जेठ ४, २०८१

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

मेरोन्यूज २०७९ साउन २८ गते १९:२६

महोत्तरी । जिल्लाको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २–०३–०१९ प ११११ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका हुन् ।

Advertisement

घाइते हुनेमा सर्लाही बरहथवा नगरपालिका १६ का ३५ वर्षीय हरी शंकर यादव र उनकी श्रीमती २५ वर्षीया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ । त्यस्तै प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल चालक महोत्तरी गाँउपालिका–२ का २२ वर्षीय विजय यादव, पछाडि सवार उनकी श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ ।

घाइते पाँचै जनाको प्रदेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया