शुक्रबार, जेठ ४, २०८१

अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन २८ गते १८:५९

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका ५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।

Advertisement

बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।

कुमालको उपचारकै क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया