शुक्रबार, वैशाख १४, २०८१

बाँदरले टोक्दा बालक घाइते, टेकुमा उपचार हुँदै

मेरोन्यूज २०७९ साउन २८ गते १८:११

खोटाङ । बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कट्वाल घाइते भएका छन् । मकै बारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई टोकेको हो ।

बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए । बाँदरको टोकाइबाट घाइते भएका कट्वाललाई जिल्ला अस्पतालले रेफर गरेपछि काठमाडौं लगिएको हो ।

स्थानीय देविस्थान सामुदायिक बन आसपासको मकैबारीमा पसेको बाँदर धपाउने क्रममा उनलाई टोकेको हो । धपाउन गएका मान्छेलाई नै बाँदरले टोकेपछि स्थानीय त्रसित छन् । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ ।

प्रतिक्रिया