शनिबार, वैशाख ८, २०८१

संघ र र प्रदेश निर्वाचनमा सहभागी हुन ४० दल दर्ता

मेरोन्यूज २०७९ साउन २८ गते १६:३३

काठमाडौँ । आसन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादीलगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजन दल दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगले संघ र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको आह्वान गरेको छ । सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमित रुपमा सम्पादन हुने जनाइएको छ ।

यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नु पर्छ । आज शनिबार दल दर्ता गर्ने क्रम चलिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा संघ र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रतिक्रिया