शुक्रबार, वैशाख ७, २०८१

एमालेलाई बहुमतबाट रोक्न गठबन्धनको हल्ला : केपी ओली

मेरोन्यूज २०७९ साउन २८ गते १६:१३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्न पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।

लोकतान्त्रिक शेर्पा संघद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।

उनले एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने दाबी गरे । दशैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए ।

प्रतिक्रिया