मंगलबार, वैशाख ११, २०८१

कोरोनाबाट थप दुई जनाको मृत्यु, २६३ जनामा संक्रमण पुष्टि

मेरोन्यूज २०७९ साउन २८ गते १५:५३
फाइल फाेटाे

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २६३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल तीन हजार १६५ परीक्षण हुँदा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया