शुक्रबार, चैत १६, २०८०

सोनिया गान्धी फेरि सङ्क्रमित, छोराछोरी पनि संक्रमित

मेरोन्यूज २०७९ साउन २८ गते १५:३७

काठमाडौँ । भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । उनी कोरोना भाइरसबाट दोस्रोपटक सङ्क्रमित भएकी हुन् ।

उनी यसअघि गत जुन २ मा सङ्क्रमित भएकी थिइन् । उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ ।

नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रणसम्बन्धी नियमअनुसार घरमा छुट्टै बसेको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीसमेत बिरामी भएका छन् । उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

Advertisement

प्रतिक्रिया