शुक्रबार, वैशाख १४, २०८१

बालेन शाहले भेटे निहारिकालाई, भने : यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ?

मेरोन्यूज २०७९ साउन २८ गते १५:१४

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले निहारिका राजपूतलाई भेटेका छन् । न्याय माग गर्दै आमरण अनशनमा रहेकी राजपूतलाई भेट्न मेयर शाह त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

राजपूतलाई भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै बालेन शाहले बच्चाको डीएनए टेष्ट गर्ने सामान्य माग पूरा गर्न नसकेको भन्दै रोष व्यक्त गरे ।

‘आफ्नो बच्चाको डीएनए टेष्ट गरिदे मात्रै त भनेको रै’छ, यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो,’ उनले भने, ‘यो अत्याचार हो, कानूनी राज्य यस्तो हुँदैन, अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

प्रतिक्रिया