शनिबार, वैशाख ८, २०८१

रुकुमपूर्वमा सुरक्षा अधिकारी चढेको जीप दुर्घटना, दुई डिएसपी सहित चारजना घाइते

मेरोन्यूज २०७९ साउन २८ गते १३:५०
File Photo

काठमाडौं । रुकुम पुर्वमा सुरक्षा निकाय अधिकारीहरु चडेको जीप दुर्घटना भएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लाका सुरक्षा निकाय अधिकारीहरू चढेको जीप दुर्घटना भएको हो ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डागीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् ।

जीप दुर्घटनामा परी रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीसहित चार जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएको जिल्ला अधिकारी सुनुवारले जनाए ।

दुर्घटनामा परी घाइते भएकामध्ये चिन्ताजनक अवस्थामा रहेका प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म लैजान नेपाली सेनाको हेलिकोप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार थिए ।

प्रतिक्रिया