शनिबार, वैशाख ८, २०८१

रुस्दीप्रति फ्रान्सको सहानुभूति, राष्ट्रपति म्याक्रोँ भन्छन्- पहिलेभन्दा धेरै उहाँको पक्षमा छौँ

मेरोन्यूज २०७९ साउन २८ गते १२:४४

न्युयोर्क । शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ । 
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्स उनको साथमा रहेको बताएका छन् ।  भारतीय मूलका ब्रिटिश अमेरिकी उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो ।

‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाईलाई मूर्त रूप दिनु भएको छ । उहाँको लडाई हाम्रो हो । आज पहिले भन्दा धेरै हामी उहाँको पक्षमा उभिन्छौं’, उनले ट्वीटरमा भने । 

शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ । 

आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।  सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए । 

प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।

प्रतिक्रिया