बिहीबार, असोज १३, २०७९

चीनबाट फर्किए परराष्ट्रमन्त्री खड्का

मेरोन्यूज २०७९ साउन २६ गते २०:३२

काठमाडौँ । चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् । उनी गत साउन २४ गते चीन भ्रमणमा गएका थिए ।

भ्रमणमा उनले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट गरी नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताए ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पाैडेललगायत १० सदस्यीय भ्रमण टोलीको नेतृत्व गरी गएका मन्त्री खड्काको टोली साँझ ७ बजे काठमाडौँ आइपुगेका हुन् ।

प्रतिक्रिया