शनिबार, वैशाख ८, २०८१

राष्ट्रिय अनुसन्धान विभागमा थपियो एक एआईजीको दरवन्दी

हुतराज थापा र ओम जोशी एआईजीमा नियुक्त

मेरोन्यूज २०७९ साउन २६ गते २०:०४


काठमाडौं । सरकारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा एक एआईजीको दरवन्दी थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । एआईजी थप गर्ने निर्णयसँगै सरकारले हुतराज थापालाई पहिलो नम्बरमा र ओम जोशीलाई दोस्रो नम्बरमा एआईजीमा बुढुवा गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले मेरोन्यूजलाई जानकारी दिए ।

‘सरकारले राष्ट्रिय अनुसनधान विभागमा एक एआईजीको दरबन्दी थप गरेर दुई जनालाई बढुवा गर्ने निर्णय गरेको छ,’ ती मन्त्रीले मेरोन्यूजसँग भने । यसअगाडl पनि दुई एआईजी नै रहने व्यवस्था अनुसनधान विभागमा थियो । तर केही समयअगाडि मात्रै एक एआईजीको दरबन्दी कटौती गर्ने निर्णय सरकारले गरेको थियो । अहिले फेरि एक एआईजीको दरवन्दी थप गरेको हो ।

हुतराज थापा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नजिक मानिन्छन भने जोशी प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक मानिन्छन् । अुनसन्धानमा थापाको बढुवा स्वतः हुने भएपछि जोशीलाई पनि बढुवा गर्नका लागि सरकारले एक एआईजीको दरबन्दी अुनसन्धान विभागमा थप गरेको स्रोतको दाबी छ ।

अहिले राष्ट्रिय अनुसन्धान विभाग प्रमुख यदु खरेल छन् । उनको भदौ २७ मा स्वत: उमेर हदबन्दीका कारण अवकाश पाउने छन् । त्यसपछि थापा र जोशी मध्येबाट अुनसन्धान विभागको प्रमुख बन्ने बाटो खुल्ने छ ।  

अनुसन्धान विभागका लागि सरकारले राष्ट्रिय सेवा ऐन संशोधनका लागि संसदमा विधेयक छ । उक्त विधेयकका संसदमा छिनोफानो उनको अवकाशअगावै भएमा र विधेयकमा उमेर हद ६० वर्ष कामय रहे अहिलेकै खरेलले केही समय अझै निरन्तरता पाउने छन् । अन्यथा खरेल बिदाई भई थापा र जोशीमध्येबाट विभागको प्रमुख आउने छन् ।

बिहीबारको क्याविनेट बैठकले थापालाई पहिलो नम्बरमा र जोशीलाई दोस्रो नम्बरमा बढुवा गरेकाले पनि थापाको खरेलपछिको अनुसनधान विभागको प्रमुखमा बलियो सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया