मंगलबार, वैशाख ४, २०८१

विवादित पाँडे एन्फा अध्यक्षको प्रमुख सल्लाहकार

मेरोन्यूज २०७९ साउन २६ गते १९:४९

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्य समिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले पहिलो कार्य समिति बैठकबाट नियुक्त भएका पाँडेलाई पदमुक्त गर्दै अध्यक्ष पंकजविक्रम नेम्बाङको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।

यस्तै, एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईलाई नियुक्त गरेको छ । वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यबाहक प्रशिक्षकको रुपमा हुमागाईलाई नियुक्त गरेको हो ।

एन्फाको प्रवक्तामा सुरेश शाह नियुक्त भएका छन् भने मानार्थ अध्यक्षमा पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया