बिहीबार, चैत १५, २०८०

मेयरमा पराजित कृष्ण थापालाई बढुवा गर्ने एमालेको निर्णय

मेरोन्यूज २०७९ साउन २६ गते १९:३६

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा पराजित कृष्ण थापा बढुवा भएका छन् ।

बिहीबार नेकपा एमालेको सचिवालय बैठकले जिल्ला सह इञ्चार्ज रहेका थापालाई जिल्ला इञ्चार्ज बनाउने निर्णय गरेको हो । एमालेका उपमहासचिव तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले थापालाई कास्की जिल्ला इञ्चार्जको जिम्मा दिएको बताएका हुन् ।

कास्कीका इञ्चार्ज भीमबहादुर काकीलाई भने भूमि व्यवस्था तथा सहकारी विभागमा राखिएको छ ।

प्रतिक्रिया