शुक्रबार, चैत १६, २०८०

रिचेत जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबीएल नियुक्त

मेरोन्यूज २०७९ साउन २६ गते १६:५३

काठमाडौँ । रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर १५ महालक्ष्मीस्थानमा अवस्थित छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार २२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौता पत्रमा मिति २०७९ श्रावण २५ गते अर्जुन प्रसाद पौडेल, शिशिर खनाल, सचिन्द्र ढुंगाना, र रोश्ना मानन्धरले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया