बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट थप पाँच जनाको मृत्यु, ८१५ जना संक्रमित

मेरोन्यूज २०७९ साउन २६ गते १६:२३
फाइल फाेटाे

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट पाँच जनाको मृत्‍यु भएको छ । सोही अवधिमा थप ८१५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ५३४ जनामा परीक्षण गर्दा ८१५ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा ४७६ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या पाँच हजार ८६९ रहेको छ ।

प्रतिक्रिया