बिहीबार, वैशाख १३, २०८१

नेप्से १९.०६ अंकले गिरावट, कारोबार रकम पनि खुम्चियो

मेरोन्यूज २०७९ साउन २६ गते १५:५६

काठमाडौँ । पछिल्लो समय निरन्तर गिरावट भएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ । बिहीबार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधवार एक अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

नेप्से ओरालो लागे पनि बिहीबार दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर, यता युनिलिभर नेपालको शेयर मूल्य ८.२३ प्रतिशत घटेको छ ।

त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ । शिवम सिमेन्ट्को बिहीबार सात करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।

प्रतिक्रिया