शनिबार, वैशाख ८, २०८१

सशस्त्र प्रहरीका २० एसपीको सरुवा गर्ने तयारी

मेरोन्यूज २०७९ साउन २६ गते १५:१८

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लामा रहेका गणहरूको प्रमुख रहेका उपरीक्षकहरूको सरुवा गर्ने तयारी गरेको छ ।

कमाण्ड अवधि दुई वर्ष पूरा गरेका २० उपरीक्षकहरूको सरुवा गर्ने तयारी भएको हो । सशस्त्र प्रहरी बलका २० जिल्लामा रहेका गणको नेतृत्व उपरीक्षकले गर्छन् ।

केही उपरीक्षकहरूको कमाण्ड अवधि दुई वर्ष भन्दा पनि बढी भएकाले उनीहरूलाई परिवर्तन गरेर नेतृत्व नपाएका उपरीक्षकहरूलाई नेतृत्व दिने तयारी भएको सशस्त्र प्रहरी मुख्यालयले जानकारी दिएको छ ।

केहीले लामो समय कमाण्ड सम्हालिरहने र केहीले कमाण्ड सम्हाल्न नपाउने अवस्था देखिएपछि अहिलेका कमाण्ड अवधि पुगेकालाई हटाएर नयाँलाई मौका दिने तयारी गरिएको हो ।

प्रतिक्रिया