शनिबार, वैशाख १५, २०८१

एमाले सचिवालय बैठक जारी (फोटो फिचर)

स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल

मेरोन्यूज २०७९ साउन २६ गते १४:४८

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचनको मिति तय गरेको अवस्थामा एमाले सचिवालयको यो पहिलो बैठक हो । स्थानीय चुनावपछि भने एमालेको यो दोस्रो सचिवालय बैठक हो ।

यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गर्ने एमालेको केन्द्रीय कार्यालयले जनाएको छ ।

आगामी चुनावमा पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरिसकेका छन् । लोसपा समेत सत्ता गठबनधनसँगै नजिक हुन खोजिरहेका बोला प्रमुख प्रतिपक्ष दल एमाले दवावमा छ ।

उसले सत्ता गठबन्धन भन्दा वाहिर रहेका दलहरुसँग मोर्चा बन्दी गर्ने या एक्लै चुनावमा जाने भन्ने विषयामा पनि पार्टीका चरणबद्द रुपमा बस्न लागेको बैठकले निर्णय लिनेछ । सत्ता गठबनधन तोडन उसले गरिरहेको प्रयास नकामसिद्ध भएपछि एमालेले चुनावी रणनीति पनि पार्टीका यी बैठकहरुबाट बनाउने छ ।

हेर्नुहोस् सचिवालय बैठकका तस्विरहरु

प्रतिक्रिया