शुक्रबार, चैत १६, २०८०

सडक दुर्घटनामा तीनको मृत्यु, दश घाइते

मेरोन्यूज २०७९ साउन २६ गते १४:३१

काठमाडौँ । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् ।

मेहरान राष्ट्रिय राजमार्गमा दिउँसो ट्रकले भ्यानलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएको जनाइएको छ ।

दुर्घटनाग्रस्त भ्यान सिन्धको राजधानी कराँचीबाट खैरपुर जाँदै गरेको बताइएको छ । पाकिस्तानमा खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडक र सडक सुरक्षा उपायको लापरवाहीका कारण प्रायः सडक दुर्घटना हुने गरेको पाइन्छ ।

प्रतिक्रिया