बुधबार, वैशाख १२, २०८१

लोसपाले गर्‍यो दल दर्ता

मेरोन्यूज २०७९ साउन २६ गते १४:३०

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतानित्रक समाजवादी पार्टी (लोसपा)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंसिर ४ गते तय भएको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि लोसपाले बिहीबार निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो । लोसपाको दर्ता नम्बर ९५–५०२ रहेको छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय आयोगले तोकेको छ । प्रमुख दलमध्येमा एमालेले दल दर्ता गरिसकेको छ भने कांग्रेस र माओवादी केन्द्रले अझै सम्म पनि दल दर्ता गरिसकेका छैनन ।

प्रतिक्रिया